• २०८१ बैशाख २९ शनिबार

पिपिएलमा विराटनगर इलिमिनेटरमा, काठमाडौँ गोल्डेन्स बाहिरियो

kharibot

काठमाडौँ । नमस्ते पोखरा प्रिमियर लिग (पिपिएल) मा विराटनगर टाइटान्स इलिमिनेटरमा प्रवेश गरेको छ ।

बुधबार सम्पन्न खेलमा विराटनगरले बुटवलले दिएको १३४ रनको लक्ष्य ११.४ ओभरमा ६ विकेट गुमाएर पुरा गर्दै प्रतियोगीताको इलिमिनेटरमा पुगेको छ ।

विराटनगरका लागि पुनित मेहराले ३२ रन बनाएका थिए भने मुहमद जैद आलमले २४, नोमान खानले ३५ रन बनाएका थिए । त्यस्तै लोकेस बमले १३ रन बनाएका थिए भने सुनिल धमलाले २ तथा प्रदीप ऐरीले ५ रन बनाएका थिए । त्यस्तै पुष्प थापाले अविजित १८ रन बनाएका थिए ।

बुटवलका बलर नितेश थापाले २ विकेट लिए भने कमल खत्री, हर्ष टंक र अविनाश बोहोराले एक एक विकेट लिएका थिए ।

योसँगै विराटनगर अंक तालिकामा ४ अंकसहित रनरेटमा काठमाडौँ गोल्डेन्सलाई पछि पर्दै इलिमिनेटरमा पुगेको छ ।

योसँगै पोखरा पल्टन, धनगढी ब्लूज र काठमाडौँ गोल्डन्स लिग चरणबाट बाहिरिएका छन् । त्यस्तै चितवन राइनोज लिग चरणका सबै खेल जितेर सिधै फाइनलमा पुगेको छ ।

अब इलिमिनेटरको खेल विहिबार बुटवल ब्लाष्टर्स र विराटनगरबीच विहान ११:३० बजे हुने छ भने फाइनल खेल शनिबार हुदै छ ।          
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय