• २०८१ बैशाख २१ शुक्रबार

ग्रेटा थनबर्गका पिता भन्छन् - छोरीलाई बचाउन आफै अभियानकर्ता बने  

kharibot

ग्रेटा र उनका पिता स्वन्त थनबर्ग ।

काठमाडौँ । ग्रेटा थनबर्गको पिताले शुरुमा त उनको जलवायु परिवर्तनसम्बन्धि अभियन्ता बन्ने कुरामा समर्थन जनाएका थिएनन् । तर पछि उक्त आन्दोलनले उनको डिप्रेसन कम हुदै गएपछि भने उनले छोरीको साथ दिने निर्णय गरे । 
ग्रेटाका बुबा स्वन्त थनबर्ग भन्छन्, 'पहिला मैले उनको त्यस सक्रियतालाई राम्रो सोच मानेको थिइन ।' 

अहिले उनको खुशीले गर्दा स्वन्त थनबर्गको सोचाइमा परिवर्तन आएको छ । उनी भन्छन्,  'शुक्रबार विद्यालय छोडेर ग्रेटा स्विडिस संसदको अगाडी धर्ना बस्न जान्छिन्, उनी वातावरणको समस्यासंग मात्र लडिरहेकी छैनन्, आफ्नो डिप्रेसनसंग पनि लड्दै छिन्, 'उनी विगत चार वर्ष देखि डिप्रेसनको बिरामी हुन् ।    

ग्रेटा र उनका पिता स्वन्त थनबर्गले सन् २०१८ डिसेम्बर ४ मा क्याटोविसमा आयोजित कोप २४ समिटमा सहभागी भएका थिए । 

'ग्रेटा अरु कसै संग कुराकानी गर्दिन थिइन् र उनले केहि खादिनथिन्” एक कार्यक्रममा बोल्दै आफ्नो छोरीको बिमारीको बारेमा उनले भने, 'उनले विद्यालय जान पनि छोडीसकेको थिइन्, करिब एक वर्ष देखि उनी घरमा  बसेर आफ्नो उपचार गर्दै थिइन् र तीन महिना देखि राम्रोसंग खाएको पनि थिइनन् ।'

५० वर्षीय ग्रेटाका पिता भन्छन्, 'यो एउटा अभिभावकको लागि निकै चिन्ताको विषय हो । थनबर्ग र उनकी ओपेरा सिङगर पत्नी मेलिना अर्नम्यानले आफ्नो सबै काम छोडेर ग्रेटाको हेरबिचार गरिरहेका थिए। ग्रेटा, पहिला केवल आफ्नो बहिनी र स्कुलको शिक्षकहरुसंग मात्र कुरा गर्थिईन् । जब उनले आफ्नो अभियन्ता बन्ने इच्छा व्यक्त गरिन्, हामीले उनलाई समर्थन गरेका थिएनै, उनले जलवायु परिवर्तन जस्तो जटिल विषयमा आफु उत्रिन खोज्दा डर लागेको थियो ।'

कसरी परिवर्तन भयो ग्रेटाको जीवन 

ग्रेटाको शक्तिशाली आन्दोलनले विश्वको नजरिया मात्र परवर्तन भएन उनको पुरै जिन्दगि नै नयाँ बदलिदियो ।  

जब उनि पहिलो पटक स्विडिस संसदको अगाडी बिरोध गर्न गएको थिईन्, थुप्रै पत्रकारहरुले उनलाई प्रश्न सोध्न थाले र उनले नडराई सबैको उत्तर दिन थालिन् । तेस्रो पटक जाँदा उनले एउटा समर्थकले बनाएर ल्याएको खाना समेत खाइन् । 

'म वयान गर्न सक्दिन कि यसले हाम्रो जीवनमा कति धेरै खुशी थपेको छ, उनले पहिला गर्न नसक्ने कुराहरु सजिलै गरिरहेकी थिइन् र यो सबै काम गर्दा उनि पनि निकै खुशी भइन् ।' उनले भने ।  बीबीसीलाई दिएको एक अन्तर्वार्तामा ग्रेटाको मम्मीले गर्दा अभियान शुरु भएको भन्ने हल्ला गलत रहेको उनले बताएका छन् ।  उनी भन्छन्, 'हामी वातावरण अभियानकर्ता होइनौ र कहिले पनि थिएनौ, ग्रेटाले हामीलाई वातावरणको विषयमा गम्भीर भएर नसोचेको कारण गाली गर्थीइन्।' तर उनीहरु लामो समय देखि शरणार्थी र मानव अधिकारलको वकालत गरिरहेको बताए । 

ग्रेटाका पिता स्वन्त थनबर्ग बताउछन्, 'ग्रेटाले एकदिन सोधिन्, कसको मानव अधिकारको लागि लडिरहेका छौ ?  हामीले उसको उत्तर दिन सकेनौ, हामी शाकाहारीमा परिवर्तन भयौं र वातावरण तथा जलवायु परिवर्तनको अभियानकर्ता बन्यौ तर यो सब त्यस अभियानको लागि होइन आफ्नो छोरीलाई बचाउनको लागि हो ।' 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै