• २०८१ बैशाख २७ बिहीबार

परिवारसहित प्रहरी परिसर पुगीन् आस्था राउत

kharibot

काठमाडौं । गायिका आस्था राउतलाई प्रहरीले पक्राउ गरेको छ । अभद्र व्यवहार सम्बन्धी मुद्धामा उनलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसरले जानकारी दिएको छ ।

राउतलाई वीर अस्पतालमा स्वास्थ्य परीक्षणपछि हिरासतमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

गायिका राउत प्रहरीमा आफै पुगेकी थिइन् । सोमबार बिहान परिवारसहित परिसर पुगेकी राउतलाई अहिले महानगरीय प्रहरी परिसर काठमाडौंमा राखिएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा सुरक्षा जाँचको क्रममा प्रहरी र आस्थाबीच केही दिनअघि भएको विवादमा प्रकाउ पुर्जी जारी गरिएको थियो ।

आफूविरुद्ध पक्राउ पूजी जारी भएपछि प्रहरी कार्यालय पुगेलगत्तै राउतलाई प्रहरीले नियन्त्रणमा लिएको हो । माघ ५ मा गायिका आस्थाविरुद्ध प्रकाउ पुर्जी जारी भएको थियो ।

विमानस्थलमा आस्थाले चेकजाँचका क्रममा महिला प्रहरी रमिता श्रेष्ठमाथि ‘अभद्र व्यवहार’ गरेको उजुरी परेको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै