• २०८१ बैशाख २७ बिहीबार

गायिका आस्था राउत धरौटीमा रिहा

kharibot

काठमाडौं । गायिका आस्था राउत चार हजार रूपैयाँ धरौटीमा छुटेकी छन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले राउतलाई धरौटीमा गर्ने आदेश गरेका हुन् ।

यस अघि सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौँले गायिका राउतलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति दिएको थियो ।

सोमबार बिहान प्रहरी परिसर पुगेकी राउतमाथि अनुसन्धानका लागि प्रहरीले सात दिन थुनामा राख्ने अनुमति मागेकोमा जिल्ला प्रशासन कार्यालयले चार दिनको अनुमति दिएको थियो ।

गायिका राउतमाथि माघ १ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी जवान रमिता श्रेष्ठमाथि दुर्व्यवहार गरेको आरोपमा श्रेष्ठले जाहेरी दिएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले माघ ५ गते राउतविरूद्ध पक्राउ पूर्जी जारी गरेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै