• २०८१ बैशाख २७ बिहीबार

गायिका आस्था राउतलाई चार दिन हिरासतमा राख्ने अनुमति

kharibot

काठमाडौँ । गायिका आस्था राउतलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले राउतलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति दिएको हो । 

सोमबार प्रहरी परिसर पुगेकी राउतमाथि अनुसन्धानका लागि प्रहरीले सात दिन थुनामा राख्ने अनुमति मागेकोमा जिल्ला प्रशासन कार्यालयले चार दिनको अनुमति दिएको हो ।

प्रहरीले सरकारी वकिलमार्फत राउतलाई थुनामा राखेर अनुसन्धान गर्न सात दिनको अनुमति मागेको थियो । 

गायिका राउतमाथि अभद्र व्यवहार अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको छ । 

माघ १ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी जवान रमिता श्रेष्ठमाथि दुर्व्यवहार गरेको आरोपमा श्रेष्ठले जाहेरी दिएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले माघ ५ गते राउतविरूद्ध पक्राउ पूर्जी जारी गरेको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै