पूर्वप्रेमी रणवीरको भाइले दीपिकालाई चुम्बन गरेको तस्बिर भाइरल

खरीबोट
ad

बलिउड । भर्खरै सुटिंग सकिएको बलिउड फिल्म पद्मावती अहिले चर्चामा छ । सकारात्मक प्रतिक्रियापछि दीपिका पादुकोणले आफ्नो घरमा पार्टी राखेकी थिइन् । उनले बोलाएको पार्टीमा बलिउडका कैयौं कलाकारहरु सहभागी भएका थिए । तीमध्ये एक दीपिका का पुराना प्रेमी रणवीर कपुरका भाइ (काकाको छोरा) आदर जैन पनि थिए ।
पार्टीबाट निस्केपछि रणवीरका कजिन भाइ आदरले आफ्नो इन्स्टाग्राम अकाउण्टमा पार्टीको फोटो सेयर गरेका थिए । जुन तस्बिर अहिले भाइरल बनिरहेको छ । फोटोमा आदर दीपिकालाई चुम्बन गरिरहेका देखिन्छन् भने सँगै उनका भाइ अरमान जैन पनि उभिएका छन् ।  

दीपिकालाई चुम्बन गरेपछि आदर सामाजिक सञ्जालमा ट्रोल भएका छन् । साथै आदरले स्पष्टीकरण पनि दिएका छन्, ‘हामी कुनै पार्टीमा जान्छौ र त्यहाँ फोटो खिच्दा त्यसले के असर गर्छ । हो, धेरैजसो मानिसहरुको आफ्नो सोच हुन्छ । उनीहरु केही न केही त भनी हाल्छन् नि । तर, मलाई लाग्दैन कि फोटो मा केही गलत थियो । हामी खुसीको समयमा थियौ र पार्टी पद्मावतीको ट्रेलरको सफलतामा पार्टी गरिएको थियो । र मेरो सोचमा दीपिकाले यो धेरै समयमा  दिएको पार्टी हो । हामीले इन्जोय गर्यौँ ।"

आदरको फिल्म ‘कैदी ब्याण्ड’ यसै वर्ष रिलिज भएको हो । तर, फिल्म भने बक्स अफिसमा फ्लप भएको थियो ।

सम्बन्धित समाचार

दीपिका-रणवीर आफैले गरे विवाहको मिति घोषणा 

मुम्बई। बलिवुड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पदुकोने अन्तत: विवाह बन्धनमा बाधिने भएका छन्। दीपिका र रणवीर आफैले सामाजिक संजालमा को मिति घोषणा गर्दै आफ्नो विवाह तय भएको जानकारी दिएका

इरफान बिरामी भएपछि ग्याङस्टर फिल्म 'सपना दिदी' थन्कियो, दीपिकाले फर्काइन साइनिङ रकम

मुम्बई । बलिवुड अभिनेत्री दीपिका पादुकोनेले बिशाल भारद्वाजको फिल्मम अभिनय नगर्ने भएपछि फिल्म साइन गर्दा लिएको रकम फिर्ता गरेकी छन् ।  बिशाल भारद्वाजले बनाउन लागेको ग्याङस्टर फिल्म इरफान खान अस्वस्थ भएपछि

दीपिका पदुकोने अर्को हलिवुड फिल्ममा 

मुम्बई।  बलिवुड अभिनेत्री दीपिका पदुकोनेले हलिवुडको अर्को फिल्ममा अभिनय गर्ने भएकी छन्।  यस अघि त्रिपल एक्स, रिटर्न अफ जांडर केगमा अभिनय गरेकी दीपिकाले त्रिपल एक्सको चौथो सिरिजमा पनि अभिनय गर्ने

भन्सालीको फिल्ममा सलमान र दीपिका !

मुम्बई। अभिनेता सलमान खान र अभिनेत्री दीपिका पदुकोने सँगै पर्दामा आउने भएका छन् । सलमान र दीपिकालाई चर्चित निर्देशक संजय लिला भन्सालीले पहिलो पटक एकै साथ ल्याउन लागेको मिडिया रिपोर्ट


z