• २०८१ बैशाख १७ सोमबार

कांग्रेस नेता रामचन्द्र पौडेलमाथि प्रेसर कुकर बम प्रहार, एक प्रहरी घाइते  

kharibot

तनहुँ  ।  कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल सवार गाडीलाई लक्षित गरी प्रेसर कुकर बम प्रहार भएको छ । गोरखाको पालुङटारमा भएको आमसभालाई सम्बोधन गरेर बेशीशहर फर्कनेक्रममा तनहुँको भानु नगरपालिका–१० नेपालेडाँडामा उक्त बम विष्फोट भएको हो ।

दिउँसो ३ बजेको समयमा पौडेललाई लक्षित गरी वम प्रहार भएको हो । वमप्रहारबाट वरिष्ठ नेता पौडेल सवार सवारी साधानको सिसा फुटेको छ । 

पौडेल र उनीसंग रहेका टोलीका सदस्यहरु भने सुरक्षित रहेका छन् । अहिले त्यस क्षेत्र तर्फ सुरक्षा व्यवस्था कडा पारिएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी सुनिल मल्ल घटनास्थलतर्फ जाँदै गरेको जानकारी दिए ।

विष्फोटमा नेता पौडेल सकुशल रहेपनि एक जना प्रहरी घाइते भएको प्रहरीले जनाएको छ । यस्तै नेता पौडेल सवार बा. १३ च ३५४२ नम्बरको गारीमा क्षति पुगेको छ । विष्फोटको घटनाबारे थप अनुसन्धान भएको प्रहरीले जनाएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय