• २०८१ बैशाख १७ सोमबार

पिता प्रचण्डले दिए प्रकाश दाहाललाई दागबत्ती 

kharibot

काठमाडौँ । ह्रदयघाटबाट निधन भएका प्रकाश दाहाललाई पिता पुष्पकमल दाहाल प्रचण्ड आफैँले दागबत्ती दिएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा अन्तिम श्रद्धान्जली पछि दाहालको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।

प्रकाशका छोराहरूको ब्रतबन्ध नभएका कारण प्रचण्डले नै दागबत्ती दिएका हुन् । प्रकाशकी जेठी पत्नी सिर्जनाबाट ८ वर्षीय छोरा प्रसिद्ध छन् भने कान्छी बीनाबाट जन्मेका ४ वर्षीय छोरा प्रणव छन्।

उमेर सानै भएकाले उनीहरूको ब्रतबन्ध नाबह्येका कारण पिता प्रचण्डले दागबत्ती दिएका हुन् । हिन्दु संस्कार अनुसार ब्रतबन्ध नभएका छोराले दागबत्ती दिन मिल्दैन ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै