• २०८१ बैशाख १६ आइतबार

मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर पार्टीबाट बर्खास्त

kharibot

काठमाडौँ । मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मदलाई पार्टीबाट हटाइएको छ ।

बरसातू पार्टीबाट महाथिरसहित उनका छोरा र वरिष्ठ तीन सदस्यलाई हटाइएको मिडिया रिपोर्टमा जनाइएको छ ।

गत फेब्रुअरीमा प्रधानमन्त्रीबाट राजीनामा दिएका ९४ बर्षिय महाथिरले पार्टी अध्यक्षको यो कदमलाई चुनौती दिने बताएका छन् ।

महाथिरको राजीनामापछि मोहिउद्दीन यासिर मलेसियाको प्रधानमन्त्री बनेका थिए ।

अहिले पार्टीको अध्यक्ष पदको चुनाव हुनेक्रममा रहेको र पार्टीमा विवाद बढेकाले महाथिरसहित उनका छोरालाई पार्टीबाट हटाइएको बताइएको छ । पार्टी अध्यक्ष पदका लागि महाथिरका छोरा मुखरिज महाथिरले प्रधानमन्त्री समेत रहेका यासिनलाई चुनौती दिएको बुझिएको छ । अहिले कोरोनाका कारण अध्यक्ष पदको चुनाव भने रोकिएको छ ।

महाथिरले आफुलाई पार्टीबाट हटाएपछि एक बयान जारी गर्दै बिना ठोस कारण आफुहरुलाई पार्टीबाट हटाइएको भन्दै यसले चुनावमा यासिरको डरलाई देखाएको बताएका छन् ।

मलेसियामा माथिर र अनवर इब्राहिमले बनाएको सतरुध गठबन्धन प्याक्ट अफ होप' टुटेपछि राजनीतिक अस्थिरता बढेको छ । यो गठबन्धनले दुई बर्ष अघि तत्कालिन नजीब रजाक सरकारको विरुद्ध ठुलो जित हासिल गरेको थियो । 
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय