• २०८१ बैशाख १७ सोमबार

महिला टि-२० विश्वकप छनौट : हङकङलाई पराजित गर्दै नेपाल तेस्रो स्थानमा, छनौट हुन भने असफल 

kharibot

काठमाडौँ । थाइल्यान्डमा जारी आइसीसी महिला टि-२० विश्वकप एशिया क्षेत्रको छनोटको तेस्रो स्थानको प्लेअफमा नेपालले हङकङलाई पराजित गरेको छ । आज भएको खेलमा नेपालले हङकङलाई ३६ रनले पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ ।

आजको खेलमा नेपालले पहिला ब्याटिंग गर्दै हङकङलाई ९५ रनको लक्ष्य दिएको थियो । नेपलकाल आगी नेरी थापाले सर्वाधिक ३८ रन बनाएकी थिइन् । ९५ रनको लक्ष्य पछ्याएको हंगकंग ५८ रनमा अलआउट भएको थियो । हङकङका लागि चन सउ हरले सर्वाधिक १३ रन बनाएकी थिइन् । नेपाली बलर करुणा भण्डारीले सर्वाधिक ३ विकेट लिएकी थिइन् ।

नेपालले तेस्रो स्थानमा चित्त बुझाउदै विश्वकपको ग्लोबल क्वालिफायरका लागि छनौट हुन् असफल भएको छ । थाइल्याण्ड र युएईले क्रमश पहिलो र दोस्रो हुदै ग्लोबल क्वालिफायरमा छनौट भएका छन् । उनीहरुको क्रमश ९ र ८ अंक रहेको छ भने नेपालको केबल ६ अंक रहेको छ । प्रतियोगितामा हंगकंग चौथो, मलेसिया पाचौ र चीन सबै खेल हारेर पुछारमा रहेको छ ।

थाइल्याण्ड र युएईले अर्को बर्ष नेदरल्याण्डमा हुने ग्लोबल क्वालिफायर खेलमा खेल्न पाउने छन् । ग्लोबल क्वालिफायरमा छनौट बह्येका २ उत्कृष्ट टिम सन् २०१८ नोभेम्बरमा हुने विश्वकप टि-२० मा खेल्न पाउने छन् ।    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै