• २०८१ बैशाख १७ सोमबार

विवेकशील नेपाली दलले माग्यो मेयर विद्यासुन्दरको सोल्टी होटेलको खर्च विवरण

kharibot

काठमाडौँ । विवेकशील नेपाली दलले काठमाण्डौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सोल्टी होटेलमा 'आइसोलेसन' बस्दा भएको खर्च विवरण माग गरेको छ ।

गत स्थानीय निर्वाचनमा काठमाण्डौँ महानगर प्रमुखकी प्रत्याशी एवं दलकी नेतृ रञ्जु दर्शनाले सूचनाको हक बमोजिम निवेदन दर्ता गरेकि हुन् ।

दर्शनासंगै दलका संघीय समिति सदस्यहरु रजिया बानु र प्रमेश श्रेष्ठले शाक्यको ५ तारे होटेलको आइसोलेसनको खर्चमा महानगरले बेहोरेको विवरण तथा महानगरले कोभिड-१९ रोकथामको लागि गरेको खर्च विवरणको सूचना मागिएको हो । सूचनाको हक सम्बन्धिको निवेदन मार्फत दर्ता गर्न महानगरपालिका कार्यालय पुगेका दलका नेताहरुले कोभिड संक्रमण नियन्त्रण गर्न असक्षम रहेको र पारदर्शीता कायम नभएको भन्दै अशन्तुष्टि जनाएका छन् ।

निवेदन दर्ता गरेपछि नेतृ रञ्जु दर्शनाले भनिन, 'नागरिकको जिउधनको रक्षा गर्न असक्षम मात्र होइन् महानगरका गतिविधहरुमा पारदर्शीता कायम नभएकोमा समेत हामीले महानगरको ध्यानाकर्षण गरायौँ ।'

निवेदनमा माग भए बमोजिमको सूचना प्राप्त भएपछि त्यसको विश्लेषण गरेर भावि कदम चाल्ने विवेकशील नेपालीको तयारी गरेको जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै