• २०८१ बैशाख १७ सोमबार

पूर्वसभामुख महराकी जीवनसंगीनी सीताको निधन

kharibot

काठमाडौँ । पूर्वसभामुख तथा सांसद कृष्णबहादुर महराकी जीवनसंगीनी सीता महराको असामयिक निधन भएको छ ।

काठमाडौँस्थित नर्भिक अस्पतालमा मंगलबारदेखि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममै बुधबार आज बिहान ६:२५ बजे निधन भएको अस्पतालले पुष्टि गरेको छ ।

नर्भिक हस्पिटलमा पीसीआर टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको थियो । 

गएको दशैंमा पुख्र्यौंली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो । निमोनिया र स्वासप्रश्वासको समस्या देखिएपछि कार्तिक १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौं ल्याई नर्भिक हस्पिटलमा भर्ना गरिएको थियो । 

सीता महरा माइस्थेनिया नामक रोगबाट विगत १० वर्षदेखि पीडित थिइन् । कृष्णबहादुर महरासँगै २०३५ सालमा विवाह भएको थियो। उहाँका दुई छोरा र दुई छोरी रहेका छन्।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै