• २०८१ बैशाख २८ शुक्रबार

सिद्धार्थ बैंकद्वारा पुस्तकालय विकासका लागि आर्थिक सहयोग

kharibot

काठमाडौ ।  सिद्धार्थ  बैंक लिमिटेडले पुस्तकालय विकासका लागि आर्थिक सहयोग गरेको छ । बैकले काठमाडौंको सुविधानगरस्थित सामुदायिक विकास समितिलाई  पाँच लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । 

सो रकम बैंकका तर्फबाट बैंकका हेड अफ सर्कल अफिस अजय सिंह भण्डारीले सामुदायिक विकास समितिका अध्यक्ष सुमित्रा कडरियालाई हस्तान्तरण गरेका हुन् । 

उक्त रकम सामुदायिक विकास समितिले सुविधानगरस्थित मदन स्मृति सामुदायिक पुस्तकालयमा पुस्तकहरु थप गर्न र कम्पयुटर खरिद गरी प्रभावकारी व्यवस्थापन गर्नका लागि उपयोग गर्नेछ । 

स्थापनाकाल देखि नै सुविधानगर क्षेत्र भित्र विभिन्न सामाजिक कार्य गर्दै आएको उक्त समितिलाई प्रदान गरिएको सो रकम सहयोगबाट शिक्षाको क्षेत्रमा केहि हदसम्म भएपनि उत्थान पुग्ने विश्वास बैंकले लिएको छ । 

बैंकले विभिन्न सामाजिक उत्तरदायित्व निर्वाह सम्बन्धि कार्यहरूमा सहभागिता जनाउदै आएको र आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिदै जाने उद्देश्य बैंकको रहेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै