• २०८१ बैशाख १८ मंगलबार

बेलायतका प्रधानमन्त्री जोनसनका बुबाद्वारा फ्रेन्च नागरिकताको लागि आवेदन

kharibot

काठमाडौँ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनका बुवाले फ्रेन्च नागरिकताको लागि अपिल गरेका छन् । उनले ब्रेक्जिटपछि युरोपेली युनियनसँगको सम्बन्ध कायम राख्नको लागि आफुले फ्रान्समा नागरिकताको लागि निवेदन दिने बताएका छन्  ।

युरोपेली संसदका पुर्व सदस्य तथा प्रधानमन्त्री बोरिसका बुवा, स्टेन्ली जोनसनले सन् २०१६ को जनमत संग्रहमा बेलायत युरोपेली संघमा रहनुपर्ने पक्षमा मतदान गरेका थिए ।

उनले आरटिएल रेडियोमा दिएको अन्तर्वार्तामा आफ्नो परिवारको फ्रान्ससंग गहिरो सम्बन्ध रहेको कारण फ्रान्सको नागरिकताको लागि निवेदन दिने बताएका छन् ।

करिब ८० वर्षीय सिनियर जोनसन भन्छन्, 'म एक फ्रान्सेली नागरिक हुँ, मेरी आमा फ्रान्समा जन्मिनुभएको हो र उहाँको पुर्खा फ्रान्सका हुन्, मेरो लागि यो मेरो अधिकार पुनः दाबी गर्नु जस्तै हो र यसले म निकै खुसी छु ।'

उनले भने, 'म सधैं युरोपेली हुनेछु , युरोपेली युनियन संग राम्रो सम्बन्ध रहेसम्म बेलायती नागरिकलाई कसैले पनि युरोपेली होइन भन्ने अधिकार छैन ।'

उनको छोरा प्रधानमन्त्री बोरिस सन् २०१६ को ब्रेक्जिट अभियानको अनुहार थिए र युरोपेली संसदबाट अलग भएपछि बेलायत सम्वृद्धितर्फ जाने उनको मुख्य नारा थियो ।

तर बुधवार प्रधानमन्त्रीले युरोपेली संघ संग नयाँ व्यापार सम्झौता गर्दै मेलमिलापको संकेत दिएका छन् । उनले भने, 'हामी बेलायतका नागरिक सर्वोत्कृष्ट युरोपेली सभ्यताको प्रतिक हो र सधैं रहनेछौं ।'

बिहिवार रातिबाट बेलायत, ४८ वर्षको साझेदारी पछि आधिकारिक रुपमा युरोपेली संघबाट बाहिरिने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै