• २०८१ बैशाख १९ बुधबार

सङ्गीत नाट्य प्रज्ञा–प्रतिष्ठानले पृथ्वीजयन्ती मनाउने

kharibot

फाइल तस्वीर

काठमाडौँ । नेपाल सङ्गीत नाट्य प्रज्ञा – प्रतिष्ठानले पृथ्वीजयन्ती मनाउने भएको छ ।

प्रतिष्ठानले पुस २७ गते २९९ औँ पृथ्वीजयन्तीका अवसरमा राष्ट्रभाषाका गीतको प्रस्तुति ‘हाम्रो निधि, हाम्रो संस्कृति’ नामक कार्यक्रम आयोजना गर्न लागेको छ । कार्यक्रममा नेपाली, लिम्बू, भोजपुरी, गुरुङ, तामाङ, नेपाल भाषा लगायत राष्ट्रभाषाका गीत प्रस्तुत हुने प्रतिष्ठानका सूचना अधिकारी ध्रुव वाग्लेले जानकारी दिए ।

कार्यक्रमले विविधतामा आधारित नेपाली समाजलाई एकताबद्ध गर्न सहयोग पु¥याउने प्रतिष्ठानले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै