• २०८१ बैशाख १५ शनिबार

पूर्वमिस मंगोलसँग विवाह गर्दै मुख्यमन्त्री शेरधन राई

kharibot

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको विवाह अहिले चर्चामा रहेको छ ।  माघ ११ गते मुख्यमन्त्री राईले सन् २०१८ की ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पासँग विवाह गर्न लागेका हुन् ।

मुख्यमन्त्री राईको विवाहको चर्चा आफूभन्दा आधा उमेरकी युवतीसँग विवाह गर्न लागेकाले पनि भइरहेको छ । राई अहिले ४९ बर्षका भए भने ज्याङ्मु अहिले २३ बर्षकी छन्  । 

मुख्यमन्त्री राईको पर्खौली घर भोजपुर हो भने शेर्पाको पुख्र्यौली घर संखुवासभा हो र उनी हाल काठमाडौंमा बस्दै आएकी छन् । ज्याङ्मुका माता पिता भने हाल अमेरिकामा बस्दै आएको बताइएको छ । 

यस अघि मुख्यमन्त्री राईले प्रदेश १ को नामाकारण गरेपछि विवाह गर्छु भनेपनि अहिले आफै विरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको र सत्तारुढ दल नेकपानै दुई चिरामा विभाजित भएको अवस्थामा विवाह गर्ने निर्णय गरेका छन् । 

मुख्यमन्त्री राई यसअघि संबिधान सभा सदस्य र केन्द्रमा मन्त्री पनि भैसकेका छन् ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै