• २०८१ बैशाख १६ आइतबार

पिएम कपमा सुदूरपश्चिम प्रदेश ६२ रनमा समेटियो

kharibot

फाइल तस्बीर

काठमाडौँ । प्रधानमन्त्री कप राष्ट्रपित क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश ६२ रनमा समेटिएको छ ।

शनिबार जारी खेलमा लुम्बिनी प्रदेशविरुद्ध टस हारेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिमले २७.४ ओभरमा अलआउट हुदै ६२ रन मात्र बनाएको हो ।

सुदूरपश्चिमका लागि नारायण जोशीले १७ रन बनाए भने कप्तान सन्तोष भट्टले ११ रन बनाए । त्यस्तै सुदूरपश्चिमका अन्य ब्याट्सम्यानहरुले दोहोरो अंकमा रन बनाउन असफल भएका थिए ।

सुदूरपश्चिमलाई सस्तैमा समेट्ने क्रममा लुम्बिनीका कृष्ण कार्कीले ४ विकेट लिए भने अनिल खरेल र बिक्रम भुसालले २-२ विकेट लिए । त्यस्तै सन्दीप सुनार र दिपेन्द्र रावतले एक एक विकेट लिएका थिए ।

प्रतियोगितामा लुम्बिनी प्रदेशले अहिलेसम्म खेलेका २ खेलमा एक खेल जितेको छ र एक खेलमा हार बेहोरेको छ । त्यस्तै सुदूरपश्चिमले भने खेलेका दुवै खेलमा हार बेहोरेको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै