• २०८१ बैशाख १७ सोमबार

कोभिड–१९ का कारण रोकिएको हनुमन्ते सफाइ अभियान पुनः शुरु

kharibot

फाइल तस्वीर

भक्तपुर । कोभिड–१९ का कारण रोकिएको भक्तपुरको हनुमन्ते नदी सफाइ अभियान आजदेखि पुनःसूचारु भएको छ ।

भक्तपुरका नदी सफा राख्ने र भक्तपुरलाई उज्यालो तथा हराभरा बनाउने उदेश्यले पूर्वमन्त्री महेश बस्नेतको परिकल्पना एवं नेतृत्वमा ‘उठौँ, जागौँ, हनुमन्ते नदी सफा गर्न सबै लागौँ’ भन्ने नाराका साथ २०७४ फागुन १९ गतेदेखि अभियान शुरु भएको थियो । 

हरेक शनिवार नियमित रुपमा हुँदै आएको हनुमन्ते सफाइ अभियानले १०० हप्ता पूरा भएको छ । अभियान सूचारु राखे पनि कोरोनाका कारण रोकिएको नदी सफाइ अभियान आजदेखि पुनःशुरु भएको अभियन्ता नवराज काफ्लेले जानकारी दिए । हनुमन्ते सफाइ अभियानका सहसंयोजकद्वय सूर्यविनायक नगरपालिकाको उपप्रमुख जुना बस्नेत, चाँगुनारायण नगरपालिकाका उपप्रमुख अञ्जना मधिकर्मीको नेतृत्वमा भएको सफाइ अभियानको क्रममा आज राधेराधे चोकमा एक कार्यक्रम आयोजना गरी दोश्रो चरणको सफाइ अभियान शुरु भएको र नदी आसपासको फोहोर सङ्कलन गरेको हो ।

स्थानीय समाजसेवी एवं दाताको सहयोगमा राज्यको शून्य लगानीबाट शुरु भएका हनुमन्ते सफाइ अभियानको दोस्रो चरणअन्तर्गत कार्यक्रम शुरु भएको र निरन्तर चल्ने अभियन्ता काफ्लेले जानकारी दिए । दोश्रो चरणको अभियान शुरु गरेकै दिन ‘बेभ ग्रुप’का प्रमुख कार्यकारी एवं अभियन्ता नरेश रंजितले नगद रु ३० हजार, २५ वटा डोको र ५० वटा कुचो हस्तान्तरण गरे । त्यस्तै अभियन्ता चन्द्रकृष्ण श्रेष्ठ र जयराज पौडेलले संयुक्त रुपमा रु ५० हजार नगद सहयोग गरे । गुर्जो अभियन्ता कमलबहादुर राजलवटले उक्त अवसरमा अभियन्तालाई गुर्जोको चिया समेत वितरण गरे ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै