• २०८१ बैशाख १७ सोमबार

हनुमन्ते खोला किनारका पक्की संरचनामा चल्यो डोजर

kharibot

फाइल तस्वीर

भक्तपुर । सूर्यविनायक नगरपालिकातर्फ रहेको हनुमन्ते खोला किनारामा बनेका अस्थायी तथा पक्की संरचना डोजर लगाएर भत्काएको छ ।

हनुमन्ते खोला करिडोर निर्माणमा अवरोध पुगेको र करिडोरको मापदण्डभित्र पर्ने संरचना भत्काउन सूचना जारी गर्दा पनि अटेर गरेको भन्दै जिल्ला प्रशासन कार्यालयको निर्देशनमा प्रहरी परिचालन गरी आज यहाँका भौतिक संरचना डोजर लगाएर हटाउन शुरु गरिएको हो । 

हनुमन्ते करिडोर निर्माणका लागि भन्दै साख मेटल एन्ड ऐलाइड इन्डष्ट्रिज र नेपाल पेन्ट इन्डष्ट्रिज प्रालिको उद्योगको पर्खाल लगायत भौतिक संरचना डोजर लगाएर हटाएको छ । सूर्यविनायक नगरपालिकाले सात दिनभित्र उक्त स्थानबाट उद्योग हटाउन परिपत्र गरेको भए पनि ४० वर्ष पुरानो उद्योगको संरचना सात दिनभित्र हटाउन नसकिने भएको अवस्थामा थप जानकारी नै नगराई अचानक डोजर चलाएर संरचना भत्काएर लाखौँको क्षति पुर्याएको साख मेटल एन्ड ऐलाइड इन्डष्ट्रिजले जानकारी दिएको छ । अदालतमा मुद्दा चलेर विचाराधीन अवस्थामा रहेको बेलामा संरचना भत्काउनु खेदजन्य भएको नेपाली कांग्रेसका नेता निशान ढुङ्गेलले बताए । 
    
विगतमा भएको सहमति र सूर्यविनाक र मध्यपुरथिमि नगरपालिका एवं उपभोक्ता समितिबीच भएको सहमति कार्यान्वयन गरेर मात्रै करिडोर निर्माण गर्न माग गरे पनि प्रहरी प्रशासनको प्रयोग गर्दै जबर्जस्ती संरचना हटाएको हनुमन्ते खोला करिडोर पीडित सङ्घर्ष समितिका संयोजक ओम श्रेष्ठले बताए । स्थानीय जग्गाधनीले सहमति अनुसार ल्यान्ड पुलिङ गरेर जग्गा फिर्ता दिनुपर्ने वा जग्गाधनीलाई क्षतिपूर्ति दिनुपर्ने माग राखेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै