• २०८१ बैशाख १७ सोमबार

इक्वेटोरियल गिनीमा बम विष्फोटमा ९८ जनाको मृत्यु

kharibot

काठमाडौँ । सेन्ट्रल अफ्रिकी देश इक्वेटोरियल गिनीमा भएको एक बम विष्फोटमा ९८ जनाको मृत्यु भएको छ ।

बिबिसीका अनुसार विष्फोटमा ६ सयभन्दा बढी घाइते भएका छन् भने २९९ जना अहिले अस्पतालमा रहेका छन् ।

भूमध्यरेखीय देश इक्वेटोरियल गिनीको प्रमुख शहर बाटामा एक सैन्य ब्यारेकको नजिक सिरिलीय ब्लाष्ट भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

ब्लाष्ट सैनिक ब्यारेकमा राखिएको डाइनामाइट भण्डारणमा भएको लापरवाहीले भएको बताइएको छ ।

राष्ट्रपति तियोदोरो गुएमाले ब्लाष्टबाट शहरका लगभग सबै घर प्रभावित भएको बताएका छन् ।

ब्लाष्टपछि पुरै शहरमा धुँवाले ढाकेको बताइएको छ ।    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै