• २०८१ बैशाख १५ शनिबार

सिद्धार्थ बैंकका ग्राहकलाई सम्यक डायग्नोस्टिकमा १५ प्रतिशत सम्म छुट

kharibot

काठमाडौ। सिद्घार्थ बैंक लिमिटेड र ललितपुरको जावलाखेल स्थित सम्यक डायग्नोस्टिक प्रा.लि.बीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । 

उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले जावलाखेल, बानेश्वर र भक्तपुरमा रहेको सम्यक डायग्नोस्टिकमा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैकिङ्ग, इन्टरनेट बैकिङ्ग प्रयोग बापत ईन हाउस प्याथोलोजि सेवामा १५ प्रतिसतसम्मको छुट प्राप्त गर्न सक्नेछन । 
यो सुविधाले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

बैंकले डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग लगायतका डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न विभिन्न समयमा ग्राहकमैत्री सुविधाहरु तथा क्यास ब्याक योजनाहरु सञ्चालनमा ल्याउँदै आएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै