• २०८१ बैशाख २५ मंगलबार

सन् २०१८ मा ‘ब्रेक्जिट’ मात्र लक्ष्य होइन : थेरेसा मे

kharibot

लण्डन ।  बेलायतले सन् २०१८ लाई ‘ब्रेक्जिट’मा मात्र सीमित नगर्ने जनाएको छ । 

प्रधानमन्त्री थेरेसा मेले आइतबार अङ्ग्रेजी नयाँ बर्षको उपलक्ष्यमा दिनुभएको सन्देशमा उनले सन् २०१८ लाई ब्रेक्जिटका साथै अन्य क्षेत्रमा पनि धेरै प्रगति गर्ने सपना रहेको बताइन् । 

बेलायतको इयूबाट बहिर्गमनका लागि काम भइरहेको बताउदै प्रधानमन्त्री मेले भनिन्, “नयाँ बर्षमा इयूसँग हुने वार्तामा इयूबाट फिर्ताभएपछि व्यापार तथा सुरक्षाका बिषयमा छलफल गरी छिट्टै निष्कर्षमा पुगिने छ ।” “म सन् २०१८ मा ब्रेक्जिट प्रक्रियालाई नयाँ उचाइमा पु¥याउने प्रतिवद्धता जाहेर गर्छु ।” 

सन्देशमा बेलायती जनतालाई सङ्केत गर्दै भनिएको छ, “तपाईहरू ब्रेक्जिटका बिषयमा जुन पक्षमा मतदान गरेपनि अहिले अधिकांश नागरिकले ब्रेक्जिटको सफलताका लागि सरकारसँग अपेक्षा राखेका छन् । सरकारले पनि ठीक त्यही गरेको छ ।” 

“सन् २०१८संयुक्त अधिराज्यमा नयाँ विश्वास र गौरवको बर्ष हुनेछ ,” प्रधानमन्त्री मेले विश्वास व्यक्त गरिन । यो बर्षमा हामीले सफल ब्रेक्जिटको वार्तालाई प्रगतिको उत्कृष्ट विन्दुमा पु¥याउन लागि पर्नेछौँ र राष्ट्रको समुन्नत भविष्यका लागि अर्थतन्त्रलाई मजबुत पार्नेछौ । सबैका लागि न्यायपूर्ण समाजको लागि काम गर्नतर्फ अग्रसर हुनेछौ । 

ब्रेक्जिटबाहेक आफूले बेलायती नागरिकको दैनिक जीवनका बिषयमा व्यापक परिवर्तन ल्याउन चाहेको उनको कथन थियो । उनले बेलायतको शैक्षिक क्षेत्र, प्रहरी र स्वास्थ्य क्षेत्रमा लगानी गर्दै ती क्षेत्रको थप विकास गर्न चाहेको बताइन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै