• २०८१ बैशाख १७ सोमबार

विश्वकप फुटबल छनौट : लक्जेम्बर्गमाथि पोर्चुगलको शानदार जित

kharibot

काठमाडौँ । युरोपको विश्वकप फुटल छनौट अन्तर्गत पोर्चुगलले लक्जेम्बर्गलाई पराजित गरेको छ । गएराती सम्पन्न समुह ए अन्तर्गतको खेलमा पोर्चुगलले लक्जेम्बर्गलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

खेलमा लक्जेम्बर्गले खेलको ३०औ मिनेटमा गोल गर्दै शुरुवाती अग्रता लिएपनि पोर्चुगलले कमब्याक गर्दै जित हासिल गरेको थियो ।

पोर्चुगलको जितमा डिओगो जोटा, क्रिस्टियानो रोनाल्डो र जोआओ पल्हिन्हाले एक एक गोल गरेका थिए भने लेजेम्बर्गका लागि गेर्सन रोड्रीगेजले एक गोल गरेका थिए ।

खेलको ८६औ मिनेटमा म्याक्सिम चानोटले दोहोरो पहेलो कार्ड पाएपछि लक्जेम्बर्ग १० खेलाडीमा सिमित भएको थियो ।

यो जितपछि पोर्चुगल समुह ए मा ३ खेलमा ७ अंक हासिल गर्दै शिर्ष स्थानमा उक्लिएको छ भने लक्जेम्बर्गको २ खेलमा ३ अंक रहेको छ । त्यस्तै समुह ए मा सर्बिया ३ खेलमा ७ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

अब विश्वकप छनौट अन्तर्गत पोर्चुगलले अर्को खेला आगामी सेप्टेम्बर २ मा आयरल्याण्डसँग खेल्ने तालिका रहेको छ । 
   
   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै