• २०८१ बैशाख १७ सोमबार

गृहमन्त्री रामबहादुर थापाको राष्ट्रिय सभाको संसद पद गुम्यो

kharibot

काठमाडौँ । नेकपा माओवादी छोडेर नेकपा एमालेमा प्रवेश गरेका गृहमन्त्री रामबहादुर थापा बादलको राष्ट्रिय सभाको सांसद पद गुमेको छ ।

माओवादी केन्द्रले गृहमन्त्री थापालाई कारवाही गर्दै पार्टीबाट निष्काशित गरेको पत्र संसद सचिवालयमा पठाएपछि उनको सांसद पद रिक्त भएको हो ।

थापालाई कारवाही गरिएको पत्र चैत्र २७ गते राष्ट्रिय सभामा माओवादी केन्द्रका नेता दीनानाथ शर्माले संसद सचिवालयमा बुझाएका थिए । सोहि पत्र अनुसार राजनीतिक दल सम्बन्धि ऐन, २०७३ को दफा ३५ को उपदफा २  तथा राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १८६ को उपनियम (२) बमोजिम राष्ट्रिय सभाका अध्यक्षले स्वीकृत गरेको संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिएका छन् ।

योसँगै गृहमन्त्री थापाको संसद पद गुमेपछि मन्त्री पद पनि स्वत: रिक्त भएको छ । यसअघि माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका चार सांसदहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह र गौरीशंकर चौधरीको पद रिक्त भएपछि फेरी नियुक्त बह्येर शपथ गरेका थिए ।    

  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै