मुम्बई । बलिवुड अभिनेत्री आलिया भट्ट अभिनेता सिद्धार्थ मलहोत्रासँगको ब्रेकअप पछि आफ्ना पूर्वप्रेमी अली डाडरकरसँग निजीक देखिएकी छन् ।
अहिले आलिया पूर्वप्रेमी अलिसँग सार्वजनिक ठाउमा देखिन थालेपछि सिद्धार्थसँगको ब्रेकअप थप पुष्टि भएको छ । आलिया र सिद्धार्थको ब्रेकअप पछि निर्माता निर्देशक करण जोहरले हस्तक्षेप गरेको भन्ने खबर निराधार रहेको पुष्टि भएको छ ।
आलिया र अलि स्कुल पढ्दाका साथी रहेको र उनीहरु आलिया फिल्ममा आउनु अघिसम्म प्रेम सम्बन्धमा रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । हालै आलिया आफ्नी स्कुले साथीको विवाहमा आफ्ना पूर्वप्रेमी अलिसँग सार्वजनिक रुपमा तस्विर खिचाउदै देखिए पछि उनीहरुबीच फेरी रोमान्स सुरु भएको चर्चा चलेको छ । अलिसंगको आफ्नो तस्विर आलियाले सामाजिक सञ्जालमा पनि पोष्ट गरेकी थिइन् ।
पछिल्लो समय आलिया र अलि आफ्ना साथीहरुसँग मुम्बईमा एक रेस्टुरेन्ट बाहिर भेटिए पछि दुवै फेरी प्रेम सम्बन्धमा फर्किएको अनुमान बलिवुडमा सबैले गरेका छन् ।
आलियाको यस बर्ष राजी, गली ब्याय र ब्रम्हास्त्र गरी तीन फिल्ममा व्यस्त हुदै छिन भने अहिले रनबीर कपुर र अमिताभ बच्चनसँग इजरायलमा ब्रम्हास्त्रको सुटिंग सुरु गर्ने तयारीमा रहेकी छन् ।