• २०८१ बैशाख १७ सोमबार

डब्लुएचओले दियो मलेरियाको खोप प्रयोगको अनुमति

kharibot

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मलेरियाको खोपको अनुमति दिएको छ । २०१९ देखि चलिरहेको मलेरियाको खोप बनाउने अभियानमा यसलाई ठुलो सफलताको रुपमा हेरिएको छ ।

लामखुट्टेले टोकेपछि हुने मलेरियाविरुद्धको यो पहिलो खोप हो । २०१९ देखि चलिरहेको ट्रायलपछि डब्लुएचओले यसको प्रयोगको अनुमति दिएको हो । अफ्रीकाको घाना, केन्या र मलावीमा यसको ट्रायल चलेको थियो । यसका लागि २३ लाखभन्दा बढी डोज खोप लगाएर ट्रायल गरिएको थियो । ट्रायलबाट ३० प्रतिशतलाई मलेरिया हुनबाट रोक्ने र खोपको कुनै नकारात्मक असर नभेटिएको डब्लुएचओले बताएको छ ।

भाइरस र ब्याक्टोरियाविरुद्ध कैयौं खोप निर्माण भएको भएपनि मानव परजीवीविरुद्ध निर्माण भएको यो पहिलो खोप हो । 

डब्लुएचओका महानिर्देशक टेड्रोस एडहेनोम घेब्रेयेससले यसलाई ऐतिहासिक क्षण बताउदै यसले हजारौ युवाहरुको ज्यान बच्ने बताएका छन् ।

डब्लुएचओका अनुसार बार्षिक विश्वभर मलेरियाबाट चार लाखको ज्यान जाने गर्दछ । अफ्रीकामा मात्र पाँच बर्षभन्दा कम उमेरका बच्चाको हरेक बर्ष २ लाख ६० हजार भन्दा बढीको मलेरियाका कारण मृत्यु हुने आँकडा रहेको छ ।

विश्वभर बार्षिक २२९ मिलियनलाई मलेरिया हुने गर्दछ, जसको ९४ प्रतिशत अफ्रीकामा मात्र हुने गरेको डब्लुएचओले जानकारी दिएको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै