काठमाडौँ । कोपा डेल रे को सेमिफाइनलको पहिलो लिगमा बार्सिलोना विजयी भएको छ ।
गएराती भएको खेलमा बार्सिलोनाले लुइस स्वरेजको एकमात्र गोलको मद्धतले भ्यालेन्सियालाई पराजित गरेको छ ।
बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा स्वरेजले खेलको ६७औ मिनेटमा खेलको एक मात्र गोल गरेका थिए । स्वरेज गोलसँगै बार्सिलोनाले सेमिफाइनलको पहिलो लिगमा झिनो अग्रता कायम गरेको छ ।
लुइस स्वरेजले भ्यालेन्सियाविरुद्ध पछिल्लो ९ खेलमा ९ गोल गरेका छन् ।
यी दुई टिमबीचको सेमिफाइनलको दोस्रो लिग फेब्रुअरी ९ मा भ्यालेन्सियाको घरेलु मैदानमा हुने छ ।
त्यस्तै यसअघि भएको सेमिफाइनल खेलमा लेगानेज र सेभिल्ला १-१ गोलको बराबरीमा रोकिएका छन् । दुवैबीच दोस्रो लिग फेब्रुअरी ८ मा हुदै छ ।