• २०८१ बैशाख १५ शनिबार

एसेज सिरिजमा अस्ट्रेलियाको २-० अग्रता

kharibot

काठमाडौं । जारी एसेज सिरिजमा अस्ट्रेलियाले २-० को अग्रता लिएको छ । अस्ट्रेलियाले दोस्रो टेस्टमा ईङल्याण्डलाई २७५ रनले पराजित गर्दै सिरिजमा २-० को अग्रता लिएको हो ।

४६८ रनको लक्ष्य पछाएको ईङल्याण्ड आफ्नो दोस्रो इनिंगमा १९२ रनमा अल आउट भएको थियो ।

त्यस्तै अस्ट्रेलियाले पहिलो इनिंगमा ९ विकेट गुमाउदै ४७३ रन बनाएर इनिंग घोषणा गरेको थियो भने ईङल्याण्ड आफ्नो पहिलो इनिंगमा २३६ रनमा अल आउट भएको थियो । त्यस्तै अस्ट्रेलियाले दोस्रो इनिंगमा ९ विकेट गुमाएर २३० रन बनाएर इनिंग घोषणा गर्दै ईङल्याण्डलाई ४६८ रनको लक्ष्य दिएको थियो ।  

दोस्रो टेस्टको प्लेयर अफ द म्याच अस्ट्रेलियाका मार्नस लाबुसचाँगे बनेका छन् । उनले पहिलो इनिंगमा १०३ र दोस्रो इनिंगमा ५१ रन बनाएका थिए ।

अब ५ खेलको सिरिजको तेस्रो खेल २६ डिसेम्बरबात मेलवर्नमा हुने छ ।
   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै