• २०८१ बैशाख १९ बुधबार

स्थानीय तहको न्यायिक समितिमा पीडितका हजारौँ  मुद्दा

kharibot

दोलखा । स्थानीय तहहरुमा न्यायिक समिति गठन भएको साढे चार वर्षमा एक हजारभन्दा बढी मुद्दा दर्ता भएका छन् । 

दोलखा जिल्लाभरिका नौ स्थानीय तहहरुमा दर्ता भएका एक हजार ४१ मुद्दामध्ये ८३२ को मिलापत्र भएका छन् । बाँकी २७ मुद्दा अदालतमा पठाइएका छन । १८८ मुद्दा प्रक्रियामा रहेको बताइएको छ । सबैभन्दा बढी भीमेश्वर नगरपालिकामा दर्ता भएको २३८ मुद्दामध्ये १६९ को मिलापत्र भएका छन् । छवटा अदालतमा पठाएका छन् भने ६३ मुद्दा प्रक्रिमा रहेको भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला बस्नेतले बताए । 

उपप्रमुख बस्नेतका अनुसार प्राप्त उजुरीको विश्लेषण गर्दा साध, सिमाना, जग्गा विवाद, गाली बेइज्जती, ढल निकासालगायतका रहेका छन् । स्थानीय सरकार सञ्चालन ऐन को ४७ को अनुसार ९७ र सोही दफाको २ अनुसार १४१ वटा मुद्दा दर्ता भएका थिए । मेलुङमा ४६ मुद्दा दर्ता भएका थिए जसमा २९ मिलापत्र र १७ मुद्दा प्रक्रियामा रहेको उपाध्यक्ष कल्पना भण्डारीले जानकारी दिए ।  

बैतेश्वर गाउँपालिकामा दर्ता भएका १३९ मध्ये १११  मिलापत्र भइसकेको र बाँकी २८ प्रक्रियामा रहेको जनाइएको छ । तामाकोशी गाउँपालिकामा दर्ता भएका ८८ मुद्दामध्ये ७७ मिलापत्र र ११ प्रक्रियामा छन् । गौरीशङ्कर गाउँपालिकामा दर्ता भएका ८८ मध्ये तीन  अदालतमा पठाइएको छ भने ७७ मिलापत्र भइसकेका छन् । बाँकी आठ प्रक्रियामा रहेको समितिले जनाएको छ । 

जिरी नगरपालिकामा दर्ता भएका १६९ मध्ये १०६ मिलापत्र भएका छन् । १४ अदालत पठाइएको छ भने बाँकी ४९ प्रक्रियामा छन् । त्यसैगरी शैलुङ गाउँपालिकामा दर्ता भएका १२७ मध्ये एउटा जिल्ला अदालत पठाइएको छ । १२६ मुद्दाको मिलापत्र भएको छ । 

कालीञ्चोक गाउँपालिकामा दर्ता भएको १०३ मध्ये ९८ मिलापत्र भएका छन् । पाँच प्रक्रियामा छ । विगु गाउँपालिकामा ४३ मध्ये ३३ मिलापत्र भएका छन् । तीन अदालतमा पठाएका छन् भने बाँकी सात प्रक्रियामा छ । सबैभन्दा बढी मुद्दा भीमेश्वर नगरपालिका र कम विगु गाउँपालिकामा दर्ता भएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै