• २०८१ बैशाख १७ सोमबार

अदालतको आदेशपछि विजय माल्याको लन्डनस्थित घर बैंकले लिलाम गर्ने

kharibot

काठमाडौँ । भारतीय बैंकको ऋण नतिरेर देश छाडेका व्यापारी विजय माल्याले बेलायतको उच्च अदालतमा एउटा महत्वपूर्ण मुद्दा हारेका छन् । यसपछि अदालतले उनको लण्डनस्थित घर अब बैंकले जफत गर्न सक्ने बताएको छ ।

स्वीस बैंक युबीएससँग चलिरहेको यो विवादको सुनुवाइ मंगलबार वर्चुअल रुपमा भएको थियो ।

फैसला सुनाउने क्रममा न्यायाधीशले भने, "माल्या परिवारलाई बैंकको २०४ मिलियन ब्रिटिश पाउण्डको ऋण तिर्नको लागि थप समय दिनुको कुनै बाध्यकारी कारण छैन ।"

न्यायाधीशले विजय माल्याको निवेदनलाई अस्वीकार गर्दै भने, "यस मुद्दामा अपील गर्न अनुमति छैन र यो स्पष्ट छ कि यस मुद्दामा रोक लगाउन सकिँदैन ।"

अदालतको आदेशपछि अब बैंकले यो सम्पत्ति जफत गरी ऋण तिर्न कारबाही गर्न सक्नेछ । बैंकका वकिलले बैंकले जतिसक्दो चाँडो अदालतको आदेशको पालना गर्ने बताए ।

विजय माल्याको यो सम्पत्ति अदालतमा 'अत्यन्त मूल्यवान सम्पत्ति' को रूपमा वर्णन गरिएको छ जसको मूल्य 'लाखौं पाउन्ड' हुन सक्छ। माल्याको कम्पनी रोज क्यापिटल भेन्चरले घर धितो राखेर यूबीएस बैंकबाट ऋण लिएको थियो ।

लन्डनको रिजेन्ट्स पार्क नजिकैको १८/१९ कोर्नवाल टेरेसमा रहेको यस घरमा विजय माल्याकी ९५ वर्षीया आमा ललिता बस्ने विश्वास गरिन्छ ।

यसअघि मे २०१९ मा अदालतले माल्यालाई ऋण तिर्न ३० अप्रिल २०२० सम्मको समय दिएको थियो । त्यसपछि बैंकले कोभिड–१९ महामारीका कारण लागू भएको आपतकालीन नियमावलीमा कानुनी रूपमा यो विषय अगाडि बढाउन सकेन ।

विजय माल्या मार्च २०१६ मा भारत छोडेर बेलायत गएका थिए । किंगफिसर एयरलाइन्स कम्पनीका लागि बैंकबाट ऋण लिएको र नतिरेर विदेश गएको आरोप उनीमाथि छ ।

यो ऋण रकम करिब १० हजार करोड रुपैयाँ रहेको बताइएको छ । किंगफिसर एयरलाइन्स पनि बन्द भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै