क्यान्सर रोग सचेतनामा मेडिसिटीसँग जैन महिलाहरु

खरीबोट
ad

काठमाडौँ । क्यान्सर रोग विरुद्धको अभियानमा अखिल भारतीय जैन श्वेताम्बर तेरापंथ महिला मंडल समेत सहभागी भई नेपाल मेडिसिटी अस्पतालसंग सचेतना अभिबृद्धिलाई साथ दिने भएका छन् । 

जैन महिलाहरुको करिब ५० जनाको समूहलाई आज नेपाल मेडिसिटी अस्पतालको अंकोलोजी र स्त्री तथा प्रसुति रोग विभागका चिकित्सकहरुले विभिन्न क्यान्सर रोगहरुका बारेमा जानकारी गराएका छन् । 

अस्पतालका स्त्री तथा प्रसुति रोग विभागका प्रमुख डा. निरा सिंहले महिलाहरुको पाठेघर, स्तन तथा अन्य स्थानहरुमा लाग्ने क्यान्सर रोगका बारेमा बताउदै नियमित रुपमा स्वास्थ्य परीक्षण गरी क्यान्सर रोग प्रति सचेत हुनु पर्ने र समयमै क्यान्सर रोगलाई पहिचान गर्न सकेको खण्डमा त्यसको सम्पूर्ण उपचार सम्भव भएको बताए । 

क्यान्सर विरुद्धको उपचार, खोप लगायतका विषयमा उनले जैन महिलाहरुसंग अन्तरकृया समेत गरेकी थिइन् । 

अस्पतालका अंकोलोजी विभागका डा. पंकज बर्मनले क्यान्सर रोगबाट समाज आक्रान्त भईरहेको अवस्थामा अब नेपाल मेडिसिटी क्यान्सरको विशिष्ट उपचार सेवा उपलब्ध भएकोले विरामीहरुले लाभ लिन सक्ने बताए । 

महिलाहरुकोसंगको अन्तरकृयामा उनले विभिन्न क्यान्सर रोगबाट बच्ने उपायहरुको बारेमा जानकारी प्रदान गराएकी थिइन् । 

कार्यक्रममा अस्पतालका बजार ब्यवस्थापक नवीन बज्राचार्यले नेपाल मेडिसिटी अस्पतालले ४ फेब्रुअरी देखि शुरु भई पूरा फेब्रुअरी महिना भरी क्यान्सर रोग विरुद्धको अभियानमा मेडिसिटी लागेकोले सबैलाई आफ्नो स्वास्थ्य परीक्षण गरी क्यान्सर रोग भए नभएको पत्ता लगाउन अनुरोध गरे । 

नेपाल मेडिसिटी अस्पतालले पूरा फेब्रुअरी महिना भरी क्यान्सर रोगको स्क्रिनिङ्गमा लाग्ने शुल्कमा ५० प्रतिशत छुट दिई यस अभियानमा बढी भन्दा बढी मानिसहरुलाई सहभागिताको लागि आव्हान गरेको नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमालले बताए । 
 

सम्बन्धित समाचार

नेपाल मेडिसिटी र गणेशमान मेमोरियल अस्पतालबीच सम्झौता

काठमाडौं । ललितपुरको भैसेपाटीमा रहेको नेपाल मेडिसिटी र ललितपुरमै अवस्थित गणेशमान मेमोरियल अस्पतालबीच विशेष सम्झौता भएको छ । आइतबार दुई अस्पतालबीच जटिल रोगको उपचारमा साथ दिने र सहकार्य गर्ने सम्झौता

प्रभु इन्स्योरेन्स र नेपाल मेडिसिटीबीच विशेष सम्झौता 

काठमाडौै । प्रभु इन्स्योरेन्सका ग्राहक तथा सेवाग्राहीले नेपाल मेडिसिटीमा नगदरहित सेवा प्राप्त  गर्ने भएका छन् । योे क्यासलेस सेवा बिरामी भर्नाको अवस्थामा लागू हुनेछ । नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमाल

नेपाल मेडिसिटी र प्रभु इन्सुरेन्सबीच विशेष सम्झौता  

काठमाडौँ। प्रभु इन्सुरेन्सका ग्राहक तथा सेवाग्राहिले नेपाल मेडिसिटीमा नगदरहित सेवा प्राप्त गर्ने भएका छन् । योे क्यासलेस सेवा बिरामी भर्नाको अवस्थामा लागु हुनेछ ।  नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमाल र

नेपाल मेडिसिटी अस्पतालमा सिरहावासीले विशेष सहुलियत पाउने 

ललितपुर। भैसेपाटिमा अवस्थित नेपाल मेडिसिटीमा मंगलबार सिरहा समाज सेवाका अध्यक्ष विष्णु कुमार साह र अस्पतालका महाप्रबन्धक विजय रिमालले हस्ताक्षर गरेसंगै सम्झौता कार्यान्वयनमा आउने भएको हो ।  सम्झौता अनुसार सिरहा समाज सेवासंग