काठमाडौँ । ब्राजिलियन फरवार्ड रिचार्लिसनले एभर्टन छोडेका छन् । रिचार्लिसन एभर्टन छोडेर प्रिमियर लिग कै क्लब टोटनह्याममा जाने निश्चित भएको खेल पत्रकार फाब्रीजियो रोमानोले जानकारी दिएका छन् ।
टोटनह्यामले रिचार्लिसनका लागि ५० मिलियन पाउण्ड खर्च गरेको छ । २५ बर्षिय रिचार्लिसनले चार सिजन एभर्टनमा खेलेर छोडेका छन् ।
टोटनह्यामसँग आधिकारिक संझौता हुनुअघि रिचार्लिसनको छिट्टै मेडिकल हुने बताइएको छ ।
एभर्टनमा चार सिजनमा उनले १५२ खेलमा ५३ गोल गरेका छन् । उनी २०१८ मा प्रिमियर लिग क्लब वाटफोर्डबाट एभर्टन आएका थिए ।
रिचार्लिसनको आगमनपछि टोटनह्याममा ह्यारिकेन, सन हेंग मिनसहितको बलियो आक्रमण हुने भएको छ ।