• २०८१ बैशाख १७ सोमबार

अध्यक्ष नेपाल र भारतीय राजदुत श्रीवास्तवबीच भेटवार्ता

kharibot

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र नेपालका लागि भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवबीच आज भेटघाट भएको छ ।

अध्यक्ष नेपाललाई भेट्न राजदूत श्रीवास्तव कोटेश्वरस्थित निवासमा पुगेका थिए । अध्यक्ष नेपालले राजदूत श्रीवास्तवलाई स्वागत गर्दै उनको सफल कार्यकालको शुभकामना व्यक्त गरे । नेपाल भारत सम्बन्ध र अहिले भइरहेको विविध समस्याका बारेमा कुरा भएको थियो ।

श्रीवास्तवले शिष्टाचार भेटपछि दुई देशबीचको सम्बन्धलाई बलियो बनाउने आश्वासन दिएका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै