• २०८१ बैशाख १७ सोमबार

सगरमाथा इन्स्योरेन्सद्वारा २ करोड ६५ लाख दाबी भुक्तानी

kharibot

काठमाडौँ । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले २ करोड ६५ लाख ७३ हजार ८४९ दाबी भुक्तानी गरेको छ ।

२०७८ साल पुस २१ गते भारतको मलानपुरमा भएको सडक दुर्घटनामा भएको क्षति वापत हाइटेन्सन स्वीचगियर प्रालिलाई २ करोड ६५ लाख ७३ हजार ८४९ दाबी भुक्तानी गरेको हो ।

उक्त रकम बराबरको चेक हाइटेन्सन स्वीचगियर प्रालिका अध्यक्ष द्वारिका श्रेष्ठलाई सगरमाथा इन्स्योरेन्स कम्पनिको भक्तपुर शाखाका प्रमुख भरत अधिकारीले हस्तान्तरण गरेका छन् ।

अधिकारीले सगरमाथा इन्स्योरेन्स कम्पनिका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री तथा हाइटेन्सन स्वीचगियर प्रालिका निर्देशक नरेश अग्रवालको रोहवरमा सो रकम हस्तान्तरण गरेका हुन् ।

सगरमाथा इन्स्योरेन्स कम्पनि दाबी भुक्तानीमा संवेदनशील रही आफ्ना ग्राहकहरुलाई यथाशक्य दावी भुक्तानी गर्न प्रयत्नसिल रही आएको छ । सगरमाथा इन्स्योरेन्स कम्पनिले आर्थिक बर्ष २०७८/०७९ मा एक अर्ब ८५ करोड बराबरको दावी भुक्तानी गरिसकेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै