• २०८१ बैशाख १७ सोमबार

सगरमाथा इन्स्योरेन्सद्वारा धानबाली बीमाको क्षतिपुर्ति हस्तान्तरण

kharibot

काठमाडौँ । सगरमाथा इन्स्योरेन्स कम्पनीले धानबालीमा गरेको बीमाको क्षतिपूर्ति हस्तान्तरण गरेको छ ।

सगरमाथा इन्स्योरेन्स कम्पनीका अण्डरराइटिङ विभाग प्रमुख दिबस तिमल्सेनाले बाढीका कारण धान खेतिमा क्षति पुगेका कैलालीका ३१ जना कृषकहरुलाई क्षतिपुर्ति बापत जम्मा रकम ४ लाख एक हजार ४९९ को दावी भुक्तानी गरेको जनाएको छ ।

परम्परागत ढाँचाको कृषि बीमालाई परिमार्जित गर्दै सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल बीमा प्राधिकरण स्वीकृतबाट पाइलटिङ बीमा योजनाको रुपमा जारी गरिएको 'बाढी सूचकाङ्कका आधारमा सामुहिक धान खेती बीमा' कैलाली जिल्ला, भजनी नगरपालिकाको वडा नं. ३ भित्रका दश वटा कृषक समुहहरुका १०० जना कृषकहरुको चालिस हेक्टर क्षेत्रफलमा सूचकाङ्कमा आधारित 'भूमी अनुसन्धान तथा नीति संम्वादका लागि सहकार्य' तथा  युएसएड टायर नेपालको इम्प्रुभड डिजास्टर रिस्क म्यानेजमेन्ट प्रोजेक्ट अन्तर्गतको आर्थिक सहयोगमा संचालित परियोजना अन्तर्गत कैलाली जिल्लाका कृषकहरुको धान बालीको जोखिम वहन गर्ने उद्देश्यले धानबाली बीमा जारी गरिएको थियो ।

सोहि बीमालेख अन्तर्गत बीमा गरिएको धानबालीहरुमा मिति २०७९ असोजे ५ गते मोहना नदी र आसपासका क्षेत्रमा पानी वहाव बढ्न गई जलस्तर तोकिएको सूचकाङ्क भन्दा बढी भई धानबालीमा क्षति पुगेकोमा २०७९ पौष १० गतेका दिन भजनी नगरपालिकाका मेयर केवल चौधरीको प्रमुख आतिथ्य, कोलार्पका प्रतिनिधिको  उपस्थितिमा बीमा रकम हस्तान्तरण गरिएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै