काठमाडौँ l सगरमाथा इस्न्स्योन्स कम्पनी र लूम्बिनी जनरल इन्स्योरेन्स कम्पनी विच मर्जर भएको छ l आज असार ३० गते यी दुई कम्पनी बीच गाभिने सम्झौता भएको हो l
उक्त सम्झौता पत्रमा वीमा सम्बन्धी प्रचलित ऐन र वीमा समितिवाट जारी वीमक गाभ्ने गाभिने तथा प्राप्ती गर्ने सम्वन्धी निर्देशिका, २०७६ (संशोधन सहित) तथा बीमा समितिको निर्देशन अनुसार गाभ्ने गाभिने तथा प्राप्ती गर्ने सम्बन्धमा आज आयोजित कार्यक्रममा सगरमाथा इन्स्योरेन्सका सञ्चालक लोकमान्य गोल्छा र लुम्बिनी जनरलका सञ्चालक अरुण राज श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
यी दुई इन्स्योरेन्स बीच १००:८० को अनुपातमा प्राप्ति गर्ने तथा गराउने सहमति भएको छ । मर्जर पछि लुम्बिनी जनरलको १०० कित्ता सेयर हुने सेयरधनीले सगरमाथा इन्स्योरेन्सको ८० कित्ता सेयर पाउने छन् । त्यस्तै, मर्जपछि बन्ने कम्पनीको नाम, सीईओ तथा अध्यक्षको बारेमा भने निर्णय हुने बाँकी रहेको छ ।
हाल सगरमाथा इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ३३ करोड रुपैयाँ छ । लुम्बिनी जनरल इन्स्योरेन्सको १ अर्ब ३१ करोड रुपैयाँ रहेको छ । १००:८० को स्वाप रेसियोमा मर्जर भएपछि बन्ने कम्पनीको चुक्ता पुँजी २ अर्ब ३८ करोड रुपैयाँ पुग्ने छ ।