• २०८१ बैशाख १७ सोमबार

सिके राउतको प्रचण्डसँग भेटवार्ता

kharibot

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सिके राउतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

राउतले विहिबार खुमलटारस्थित निवास पुगेर प्रचण्डसँग भेटवार्ता गरेको र भेटमा बधाई आदान प्रदान भएको उनको सचिवालयले जानकारी दिएको छ ।

राउतले प्रतिनिधिसभामा सप्तरी-२ बाट उपेन्द्र यादवलाई पराजित गर्दै सांसद बनेपछि आजै सत्तारुढ गठबन्धनमा सहभागी हुने सहमति गरेका छन् ।

राउतले विहिबार नै प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेर मधेश प्रदेश र केन्द्रमा सरकारमा सहभागी हुन सहमत भएका छन् ।

राउतको जनमत पार्टीले मधेश प्रदेशमा प्रत्यक्षमा ६ सिट जितेको छ भने समानुपातिक तर्फ पनि कांग्रेस, एमाले र जसपाअप्ची चौथो दल बनेको छ ।

जनमत पार्टीले केन्द्रमा राष्ट्रिय दलको थ्रेस होल्ड कटाएपछि समानुपातिकतर्फ कम्तिमा ५ सांसद पाउने निश्चित भएको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै