• २०८१ बैशाख २० बिहीबार

चितवनमा पासपोर्टको लागि अनलाइन आवेदन दिन सकिने

kharibot

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले भोलि दिउँसो १२ बजेबाट पासपोर्टको लागि अनलाइन आवेदन दिन सकिने व्यवस्था गरेको छ ।

प्रशासनले एक सूचना जारी गर्दै भोलि दिउँसो १२ बजेबाट दिनको १२० जनालाई पासपोर्ट दिने गरी अनलाइन आवेदन खुला गरिन लागेको जनाएको हो । 

सूचनामा नेपाल सरकारको राहदानी विभागको सूचना अनुसार राहदानी सेवालाई सरल, सहज र झन्झटरहित बनाउन कार्यालयको क्षमता अनुसार एक महिनामा करिब तीन हजारको संख्यामा अनलाइन आवेदन खुल्ने व्यवस्था गर्न लागिएको उल्लेख गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै