• २०८१ बैशाख १७ सोमबार

यू–१७ महिला साफ- बंगलादेशसँग बराबरीमा रोकियो नेपाल

kharibot

काठमाडौँ । साफ यू–१७ महिला च्याम्पियनशिप फुटबल प्रतियोगिताको आफ्नो चौथो खेलमा नेपाल बंगलादेशसँग बराबरीमा रोकिएको छ ।

बङ्गलादेशको ढाकास्थित बिएसएसएस मोस्ताफा कमल स्टेडियममा आज भएको खेलमा नेपाल र बंगलादेश १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

नेपालले खेलको ७४औं मिनेटसम्म १-० को अग्रता लिएको यस खेलको ७५औँ मिनेटमा बंगलादेशले गोल गर्दै खेल बराबरी गरेको थियो ।  

नेपालका लागि खेलको आठौं मिनेटमा सेनु परियारले गोल गर्दै सुरुआती अग्रता दिलाएकी थिइन् भने खेलको ७५ औं मिनेटमा सागोरिकाले गोल गर्दै बंगलादेशलाई १-१ गोलको बराबरीमा ल्याएकी थिइन् ।

यस बराबरीपछि नेपालको ४ खेलमा एक जित एक बराबरी र २ हारसँगै ४ अंक भएको छ र अंक तालिकामा चौथो स्थानमा रहेको छ । नेपालको उपाधि जित्ने सम्भावना भने यस अघि नै समाप्त भएको थियो ।

त्यस्तै बंगलादेशको ४ खेलमा ७ अंक भएको छ र दोस्रो स्थानमा रहेको छ । रसिया अहिलेसम्म अपराजित हुदै ९ अङ्कसहित शिर्ष स्थानमा छ भने भारत ३ खेलमा ६ अंक सहित तेस्रो स्थानमा रहेको छ । त्यस्तै भुटानले आफ्ना सबै चार खेलमा हार बेहोरेको छ ।

अब प्रतियोगिता अन्तर्गत आजै हुने रसिया र भारतको खेलपछि शिर्ष स्थानमा रहने टिम विजयी हुने छ । 

प्रतियोगितामा आयोजक बङ्गलादेश, नेपाल, भारत, भूटान र रसियाको सहभागिता रहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै