• २०८१ बैशाख १७ सोमबार

मुलपानीले एकदिवसीय मान्यता पाएपछि क्यान मनायो केक काटेर खुसीयाली

kharibot

काठमाडौं । नेपाल (क्रिकेट संघ क्यान) ले मूलपानी मैदानले पनि एकदिवसीय (ओडिआई) मान्यता प्राप्त गरेको खुसियालीमा केक काटेर उत्सब मनाएको छ ।

क्यानका पदाधिकारी तथा कर्मचारीहरुलाई क्यानका अध्यक्ष चतुरबहादुर चन्दले केक काटेर खुवाउँदै उत्सवको रुपमा खुसीयाली साटासाट गरेका हुन् ।

क्यानको मुख्यालयसमेत रहेको मूलपानीको माथिल्लो मैदानले आज ओमान र युएईबीचको एक दिवसीय क्रिकेट खेल आयोजना भएसँगै उक्त मैदानले अन्तर्राष्ट्रिय मान्यता पाएको हो । 

यसअघि नेपालमा एक मात्र अन्तर्राष्ट्रिय क्रिकेट मैदानको रुपमा त्रिभुवन विश्वबिद्यालय क्रिकेट मैदान मात्रै रहेको थियो ।  सन २०२० मा त्रिबी खेल मैदानले ओडिआई मान्यता पाएको तीन बर्ष पछि मुलपानी मैदानले पनि आजवाट सो मान्यता प्राप्त गरेको हो ।

शनिवारवाट नेपालमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त दुईवटा क्रिकेट मैदान भएका छन् ।

मुलपानी मैदान एकदिवसीय मान्यता प्राप्त गर्ने नेपालको दोस्रो मैदान हो । यसअघि सन् २०२० मा त्रिवि मैदानले एकदिवसीय मान्यता पाएको थियो । 

आइसिसीले विभिन्न मापदण्ड पूरा गरेपछि मात्र मैदानलाई एकदिवसीय मान्यता प्रदान गर्छ । मुलपानी मैदानमा ड्रेसिङ रुम, पेभिलियन लगायतका काम यहि महिनाको सुरुवातमा सकिएको थियो ।

एकदिवसीय अन्तर्राष्ट्रिय स्टेडियमको मान्यता पाउने पहिलो स्टेडियम अस्ट्रेलियाको मेलवर्नमा स्थित मेलवर्न क्रिकेट ग्राउण्ड (एमसीजी) हो । यो स्टेडियममा १९७१ कोजनवरी ५ मा पहिलो एकदिवसीय खेल भएको थियो ।

अहिलेसम्म विश्वका २१५ स्टेडियमले एकदिवसीय खेल खेल्ने मान्यता पाएका छन् । मुलपानी स्टेडियमले यो मान्यता पाएसंगै एकदिवसीय अन्तर्राष्ट्रिय स्टेडियमको मान्यता पाउने २१६औ स्टेडियम बनेको छ ।

विश्वमा सबैभन्दा बढी एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्ने मान्यता पाएका स्टेडियम भारतमा छन् । भारतमा ५० स्टेडियमले यो मान्यता पाएका छन् । त्यस्तै इङल्याण्डका २०, अस्ट्रेलियाका १९, न्युजील्याण्ड र पाकिस्तानका १६-१६ दक्षिण अफ्रिकाका १२, श्रीलंकाका ९, बंगलादेशका ८ स्टेडियमले एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट खेल्ने मान्यता पाएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय