काठमाडौं । इन्डियन प्रिमियर लिग(आइपीएल) अन्तर्गत विहिबार जारी खेलमा कोलकोता नाइट राइडर्सले राजस्थान रोयल्सलाई १५० रनको विजयी लक्ष्य दिएको छ ।
इडेन गार्डेनमा टस हारेर पहिले व्याटिङ गरेको कोलकोताले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा १४९ रन बनाएको हो ।
कोलकोताका लागि वेनकटेस आयरले सर्वाधिक ५७ रनको पारि खेले ।
यस्तै नितिश राना २२, रहमानुल्लाहा गुरवाज १८ र रिन्कु सिंहले १६ रन बनाए । राजस्थानका लागि बलर युजभेन्द्र चाहालले ४ विकेट लिए ।
यस्तै ट्रेन्ड बोल्टे २, सन्दिप शर्मा र केएम आशिफले समान एक एक विकेट लिए ।