• २०८१ बैशाख १६ आइतबार

हिसान शैक्षिक मेला नरोक्न उच्च अदालतको अन्तरिम आदेश

kharibot

काठमाडौँ । उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिकालाई हिसान शैक्षिक मेला नरोक्न अन्तरिम आदेश दिएको छ । 

न्यायाधीश टेकप्रसाद ढुङ्गाना र रमेश ढकालको संयुक्त इजलासले आज उक्त शैक्षिक मेला नरोक्न आदेश जारी गरेको उच्च अदालत पाटनका प्रवक्ता तथा उपरजिष्ट्रार मन्दिरा शाहीले जानकारी दिइन् । 

गत जेठ ३२ गतेदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको उक्त शैक्षिक मेला काठमाडौँ महानगरपालिकाले विभिन्न कारण देखादै बन्द गराएको थियो । त्यसका विरुद्धमा उच्च माध्यमिक विद्यालय एशोसिएसन (हिसान) ले उच्च अदालत पाटनमा रिट दायर गरेको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै