• २०८१ बैशाख १७ सोमबार

भायनेटले ल्यायो नवीकरण अफर: वार्षिक सदस्यतामा २ महिना निःशुल्क

kharibot

काठमाण्डौ । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेसन लिमिटेडले आफ्ना विद्यमान ग्राहकहरुका लागि नवीकरण अफर ल्याएको छ ।

यस अन्तर्गत भायानेटको कुनै पनि इन्टरनेट प्याकेजको वार्षिक सदस्यता नवीकरण गरेर ग्राहकहरूले २ महिनाको निःशुल्क इन्टरनेट सेवाको बोनस प्राप्त गर्नेछन् । यो अफर असार २०८० सम्ममात्र उपलब्ध छ ।

नबिकरण अफरले बिषेश गरेर भायानेटको ग्राहक सन्तुष्टि र बिद्यामान ग्राहक प्रतिको उत्तरदायित्व निर्वाहको लागी कम्पनीले चालेको सकारात्मक कदमलाई बुझ्न सकिन्छ ।

यसरी यस अफर मार्फतविद्यमान ग्राहकहरूले निर्बाध उच्च गतिको इन्टरनेटको मजा लिँदा थप बचत गर्न सक्नेछन् । 

भायानेट देशमै पहिलोपटक फाइबर इन्टरनेट घर–घरमा पुर्याउन सुरुवात गर्ने, पहिलो मल्टिगिग सेवा सुरु गर्ने, विगत २३ बर्ष देखी इन्टरनेट र आइपिटिभी सेवा प्रदायकको रुपमा भरपर्दो सेवा र सकृय ग्राहक सपोर्टको लागि प्रख्यात छ । नविकरण अफरर अन्य सेवा हरुबारे थप जान्नको लागि www.vianet.com.np मा हेर्न सकिनेछ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै