• २०८१ बैशाख १५ शनिबार

इमर्जिङ कपको फाइनलमा भारत र पाकिस्तान भिड्ने

kharibot

काठमाडौँ । भारत ए एसीसी इमर्जिङ टिम्स एशिया कपको फाइनलमा पुगेको छ ।

शुक्रबार सम्पन्न सेमिफाइनल खेलमा भारत ए ले बंगलादेश ए लाई ५१ रनले पराजित गर्दै फाइनलमा पुगेको हो ।

भारत ए ले दिएको २१२ रनको लक्ष्य पछाएको बंगलादेश ए टिम ३४.२ ओभरमा अल आउट हुदै १६० रन मात्र बनाएपछि खेल ५१ रनले हारेको थियो ।

यसअघि भारतले पहिला ब्याटिंग गर्दै ४९.१ ओभरमा अल आउट हुदै २११ रन बनाएको थियो ।

योसँगै अब इमर्जिङ कपको फाइनलमा भारत ए पाकिस्तान ए को भिडन्त हुने भएको छ । पाकिस्तान ए ले आजै श्रीलंका ए लाई पराजित गर्दै फाइनलमा पुगेको थियो ।

अब फाइनल खेल आइतबार हुदै छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै