• २०८१ बैशाख १५ शनिबार

भारतलाई हराउदै पाकिस्तानले जित्यो इमर्जिङ कपको उपाधि

kharibot

काठमाडौँ । एसीसी इमर्जिङ टिम्स कपको उपाधि पाकिस्तानले जितेको छ ।

आइतबार सम्पन्न फाइनल खेलमा पाकिस्तान ए ले भारत ए लाई १२८ रनले पराजित गर्दै उपाधि जितेको हो ।

पाकिस्तान ए ले दिएको ३५३ रनको लक्ष्य पछाएको भारत ए ले ४० ओभरमा २२४ रन बनाएर अल आउट भएपछि खेल १२८ रनले हारेको हो ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाएर ३५२ रन बनाएको थियो ।

पाकिस्तानले लगातार दोस्रो पटक इमर्जिङ कपको उपाधि जितेको छ । यसअघि २०१९ मा सम्पन्न इमर्जिङ कपको उपाधि जितेको थियो ।
   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै