• २०८१ बैशाख १५ शनिबार

पाकिस्तान इमर्जिङ कपको फाइनलमा

kharibot

काठमाडौँ । पाकिस्तान एसीसी इमर्जिङ एशिया टिम्स कपको फाइनलमा पुगेको छ ।

शुक्रबार सम्पन्न सेमिफाइनल खेलमा पाकिस्तान ए टिमले आयोजक श्रीलंका ए टिमलाई ६० रनले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।

पाकिस्तानले दिएको ३२३ रनको लक्ष्य पछाएको श्रीलंकाले ४५.४ ओभरमा २६२ रन बनाएर अलआउट भएपछि खेल ६० रनले हारेको थियो ।

यसअघि पहिला ब्याटिंग गर्दै श्रीलंका ए ले ५० ओभरमा अल आउट हुदै ३२२ रन बनाएको थियो ।

इमर्जिङ कपको डिफेन्डिङ च्याम्पियन समेत रहेको पाकिस्तान ए ले फाइनलमा भारत ए र बंगालदेश ए बीचको विजेतासँग खेल्ने छ । फाइनल खेल आइतबार हुने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै