• २०८१ बैशाख १५ शनिबार

इमर्जिङ कपको फाइनलमा पाकिस्तानले भारतलाई दियो ३५३ रनको लक्ष्य

kharibot

काठमाडौँ । एसीसी इमर्जिङ टिम्स कपको फाइनलमा पाकिस्तान ए ले भारत ए लाई ३५३ रनको लक्ष्य दिएको छ ।

जारी फाइनलमा टस हारेर पहिला ब्याटिंग गरेको पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाएर ३५२ रन बनाएको हो ।

पाकिस्तान ए का लागि तय्यब ताहिरले शतकीय पारी खेल्दै १०८ रन बनाएका थिए । त्यस्तै साहिबजादा फरहानले ६५, सैम आयुबले ५९, ओमैर योउसुफ र मुबसिर खानले ३५-३५ रन बनाएका थिए । त्यस्तै मोहमद वासिमले १७ र मेहरन मुमताजले १३ रन बनाएका थिए ।

त्यसैगरी भारतीय बलर रियान पराग र राजवर्धन हंगारगेकरले २-२ विकेट लिए भने हर्षित राना, मानव सुथर र निशान्त सिन्धुले एक एक विकेट लिएका थिए ।
    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै