• २०८१ बैशाख १५ शनिबार

इमर्जिङ कपको सेमिफाइनलका दुवै खेल आज

kharibot

काठमाडौँ । एसीसी इमर्जिङ टिम्स कपको सेमिफाइनलका दुवै खेल आज हुदैछन् ।

सेमिफाइनलमा श्रीलंका ए ले पाकिस्तान ए को सामना गर्दै छ भने भारत ए ले बंगलादेश ए को सामना गर्दै छ ।

आज पहिलो सेमिफाइनल नेपाली समय अनुसार विहान सवा १० बजे श्रीलंका ए र पाकिस्तान ए बीच हुदै छ । त्यस्तै दोस्रो सेमिफाइनल भारत ए र बंगलादेश ए बीच अपरान्ह सवा २ बजेदेखि हुदै छ ।

समुह ए बाट आयोजक श्रीलंकाको ए टिम र बंगलादेश ए टिम सेमिफाइनलमा पुगेको छ । श्रीलंका ए ३ खेलमा २ जितसहित समुहमा शिर्ष रहदै सेमिफाइनलमा पुगेको छ भने बंगालदेश ए पनि ३ खेलमा २ जितसहित रनरेटको आधारमा दोस्रो हुदै सेमिफाइनलमा पुगेको छ ।

त्यस्तै समुह ए बाट अफगानिस्तान ए ३ खेलमा २ खेल जितेपनि रनरेटको आधारमा पछि पर्दै सेमिफाइनलको दौडबाट बाहिरिएको छ । त्यस्तै ओमान ए ले भने तिनै खेलमा हार बेहोरेर बाहिरिएको छ ।

त्यस्तै समुह बि बाट तिनै खेल जितेर भारत ए विजेता बन्दै सेमिफाइनलमा पुगेको छ भने पाकिस्तान ए ४ खेलमा २ खेल जितेर उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।

त्यस्तै नेपालले ३ खेलमा एक खेल जितेर बाहिरिएको छ भने युएई ए ले तिनै खेलमा हार बेहोरेर बाहिरिएको थियो ।

प्रतियोगिताको फाइनल खेल भने आइतबार हुदै छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै