• २०८१ बैशाख १५ शनिबार

इमर्जिङ कपको फाइनलमा आज भारत र पाकिस्तान भिड्दै

kharibot

काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एशिया कपको आज फाइनल हुदै छ ।

उपाधिका लागि भारत ए र पाकिस्तान ए बीच हुने भएको छ । खेल नेपाली समय अनुसार अपराहन्न सवा २ बजेदेखि हुने छ ।

भारत र पाकिस्तान दुवै समुह बि मा रहेका थिए । समुह चरणको खेलमा भारत ए ले पाकिस्तान ए लाई पराजित गरको थियो ।

समुह बि मा भारत ए विजेता र पाकिस्तान ए उपविजेता बनेर सेमिफाइनलमा पुगेका थिए ।

सेमिफाइनलमा पाकिस्तान ए ले श्रीलंका ए लाई पराजित गर्दै फाइनलमा पुगेको हो भने भारत ए ले बंगलादेश ए लाई पराजित गर्दै फाइनलमा पुगेको हो ।

अहिलेसम्म भारत ले एक पटक इमर्जिङ कपको उपाधि जितेको छ भने पाकिस्तान इमर्जिङ कपको डिफेन्डिङ च्याम्पियन हो । त्यस्तै अहिलेसम्म श्रीलंकाले दुई पटक उपाधि जितेको छ । अहिलेसम्म २०१३, २०१७, २०१८ र २०१९ मा इमर्जिङ कप आयोजना भएको थियो ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय