• २०८१ बैशाख १७ सोमबार

दिपेन्द्रले तोडे भारतका युवराज सिंहको विश्व रेकर्ड

kharibot

काठमाडौं । नेपाली खेलाडीले अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छिटो अर्धशतकको विश्व कीर्तिमान बनाएका छन् ।

नेपालका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छिटो अर्धशतकको विश्व कीर्तिमान बनाएका हुन् ।

चीनमा जारी १९ औं एसियन खेलकुदमा मंगोलियाविरूद्ध ऐरीले जम्मा ९ बल मै अर्धशतक पूरा गरेर विश्वकिर्तिमान बनाएका हुन । यसअघि भारतका युवराज सिंहले १२ बलमा अर्धसतक बनाएर राखेको कीर्तिमान नेपाली क्रिकेटर ऐरीले तोडेका छन्  ।

पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट खेलिरहेको मंगोलियालाई कमजोर टिमको रुपमा लिईदै आएको छ । कमजोर टिमको फाईदा उठाउँदै ऐरीले पहिलो ६ बलमा ६ छक्का प्रहार गरेका थिए । 

१० बलको सामना गर्दा उनले ८ छक्का हिर्काए पछि उनको बिश्व किर्तिमान कायम भएको हो ।

पुरुष क्रिकेटमा नेपालले मंगोलियालाई २७३ रन अन्तरले पराजित गरेको छ । नेपालले दिएको ३१५ रनको लक्ष्य पछाएको मंगोलिया १३.१ ओभरमा ४१ रनमा अल आउट भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै